भिजिट भिसा प्रकरणमा म्याग्दीका सीडीओ तिवारी गृह तानिए - www.onlinepana.com
Source: onpa
काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो । म्याग्दीको सीडीओमा रवीन्द्र आचार्यलाई पठाइएको छ । The post भिजिट भिसा प्रकरणमा म्याग्दीका सीडीओ तिवारी गृह तानिए appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).