थारु आयोगमा बिदा विवाद: सदस्य शान्ति मोदीद्वारा कार्यवाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी - www.onlinepana.com
काठमाडौं । थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले तालाबन्दी गरेकी हुन् । बिवादको सुरुवात सदस्य मोदीको लामो अनुपस्थितिबाट भएको हो । कार्यवाहक अध्यक्ष थारुले जानकारी गराएअनुसार मोदी एक महिनादेखि आयोगसँग सम्पर्कविहीन थिइन् । असार १३ गते आफ्ना चालकमार्फत एक साता बिदा लिएको जानकारी दिएको भए पनि, त्यसपछि मोदी सम्पर्कमा आएकी थिइनन् । थारुको दाबीअनुसार उनी बिदा लिएर अमेरिका गएकी थिइन् जहाँ उनका श्रीमान् बसोबास गर्छन्। ‘मोदी सम्पर्कविहीन हुँदा आयोगको नियमित कार्य संचालनमा असर परेको छ,’ अध्यक्ष थारुले बताए । उनका अनुसार असार महिनाको अन्त्यसम्म पनि मोदीले कुनै कार्यक्रम वा बैठकमा सहभागिता जनाएकी थिइनन् । शान्ति मोदीले सामाजिक सञ्जालमार्फत तालाबन्दीको पुष्टि गर्दै लेखेकी छन्, ‘अहिले खोलिदिएको हो, निस्केपछि फेरि लगाउँछु।’ यस अभिव्यक्तिले आयोगभित्रको आन्तरिक असमझदारी र द्वन्द्व झन स्पष्ट बनाएको छ । थारु आयोग जातीय तथा क्षेत्रीय समावेशीता प्रवर्द्धनका लागि गठन गरिएको संवैधानिक निकाय हो । The post थारु आयोगमा बिदा विवाद: सदस्य शान्ति मोदीद्वारा कार्यवाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).