Redirecting...

‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन - swasthyakhabar.com

‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन - swasthyakhabar.com
Source: swkh

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयत्न “मेरो मुटु, मेरो कला” प्रतियोगितामा विद्यार्थीको सक्रिय सहभागिता तथा शिक्षकको हौसलाले चिकित्सा शिक्षा र मानवीय संवेदनाको संगमको प्रतीकको रूपमा बुझ्न सकिन्छ। कला आत्माको भाषा हो, जसले विज्ञानको कठोर संरचनाभित्र मानवीय स्पर्श थप्छ। यस्ता अभ्यासहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरूलाई चेतनशील, संवेदनशील र जिम्मेवारपूर्वक सेवा प्रवाह गर्न र एक असल स्वास्थ्यकर्मी बन्न प्रेरित गर्छन्। यसले उनीहरूमा सृजनशीलता, सूक्ष्म अवलोकन, आत्मपरिक्षण र सहानुभूतिपूर्ण व्यवहार विकास गर्छ।