सुप्रमा ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५का लागि सर्वोत्कृष्ट १० कृति सार्वजनिक - sahityapost.com
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले ‘सुप्रमा ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५’ अन्तर्गत प्राप्त कृतिहरूमध्येबाट सर्वोत्कृष्ट १० पुस्तकको नाम सार्वजनिक गरेको छ। च्याप्टरले सार्वजनिक गरेको सूचीमा निम्न १० कृति रहेका छन्: ‘सावर्णि’ – उपन्यास, श्रीधर खनाल ‘चोटहरूको उत्सव’ – कविता, ठाकुर बेलबासे ‘यानीमाया’ – मुक्तक, जीत बुढाथोकी ‘अनि प्रतीत्य समुत्पाद शून्य शून्य महाशून्य’ – कविता, लालगोपाल सुवेदी ‘अर्जुन उलूपी’ – खण्डकाव्य, सूर्य खड्का विखर्ची ‘अक्षरका आयाम’ – भूमिका, डा. राजकुमार छेत्री ‘अभ्युदय’ – कविता, सुमन थापा संगम ‘अपरिभाषित आभा’ – कविता, सबी श्रेष्ठ ‘पर्जन्य’ – नियात्रा, खगेन्द्र कोपिला ‘मलाई आर्यघाट लगेर नजलाउनु’ – कविता, विजय हितान पुरस्कार समितिका संयोजक डा. रूपक श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा यी कृतिहरूमध्ये एक कृतिलाई अगस्ट ५ (२०७९ साउन २०) मा सर्वोत्कृष्ट पुरस्कार विजेता घोषणा गरिने उल्लेख गरिएको छ। उक्त पुरस्कार भानु ईश्वर जयन्तीको अवसरमा बेलायतमा आयोजना हुने एक विशेष समारोहमा प्रदान गरिनेछ। पुरस्कार कार्यक्रमले नेपाली साहित्यको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्। The post सुप्रमा ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२५का लागि सर्वोत्कृष्ट १० कृति सार्वजनिक appeared first on साहित्यपोस्ट.