नवनियुक्त चार मन्त्रीले लिए शपथ - farakdhar.com
Source: FRDH
नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन् । श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ।