काठमाडौं-६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ । पार्टीको विधानअनुसार काठमाडौँ क्षेत्र नं ६ बाट सिफारिसका लागि आएका नामलाई आज जिल्ला समितिमा सिफारिस गरिएको काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले जानकारी दिए । उनका अनुसार सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेकाले सोहीअनुसार कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशसँग आकाङ्क्षीको नाम माग गरेको हो । The post काठमाडौं-६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.