जेनजी आन्दोलनमा सेनाको संयमता र अभिभावकीय भूमिका - farakdhar.com
Source: FRDH
जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा निर्णायक मोड बनेको छ। देशभरका युवाहरूले शासन प्रणाली, भ्रष्टाचार, अवसरहीनता र राजनीतिक अकर्मण्यताका विरुद्ध आवाज उठाएका थिए । यो जनअधिकारको स्वाभाविक र न्यायोचित स्वर थियो। तर, आन्दोलन शान्तिपूर्ण बाटो हुँदै हिंसात्मक रूप लिँदा देशले ठूलो भौतिक, आर्थिक र सामाजिक क्षति बेहोर्नुपर्‍यो । महत्त्वपूर्ण सरकारी संरचना, निजी सम्पत्ति, उद्योग र सार्वजनिक स्थलहरूमा आगजनी र तोडफोड भए। नागरिक जीवन त्रासमा बदलियो । भाद्र २३ को आन्दोलनका मागहरू जायज थिए, तर सरकार संवेदनशील हुन सके...