Redirecting...

१६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै दिक्तेलका मेयरले तोडे अनशन - www.pardafas.com

१६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै दिक्तेलका मेयरले तोडे अनशन - www.pardafas.com
Source: pfds

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनशन तोडेका छन्। आइतबार १६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै मेयर भट्टराईले अनशन तोडेका हुन्। ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ, वन वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौँ’ भन्ने माग राखेर आन्दोलन गर्न उनी काठमाडौं आएका थिए। काठमाडौँ आएर उनले माइतीघरमा अनशन थालेका थिए। उनको वार्ता टोलीले सरकारी पक्षसँग छलफल गरी १६ बुँदे समक्षदारी पत्रमा हस्ताक्षर समेत भएको हो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा अनशन अन्त्य भएको थियो। बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नर्म्सलाई अन्तिम रूप दिएर ४५ दिनभित्र स्वीकृत गरेन, वन तथा वातावरण मन्त्रालयले प्रवर्द्धनका लागि अन्य दुई तहका सरकारलाई अनुरोध गर्ने, खोटाङलाई बाँसको राजधानीको रूपमा विकास गर्ने लगायतका समक्षदारी भएका छन्। यसरी १६ वटा बुँदामा दुई पक्षले समझदारी जुटाएका छन्। दिक्तेलका वार्ता टोलीका प्रवक्ता दिनेशकुमार घिमिरे, शहरी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनाली र वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि सागर पौडेलले हस्ताक्षर गरेका छन्।