Redirecting...

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन - ehimalayatimes.com

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यमा यसप्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । निगमको ५५औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष १४७ प्रिन्ट रगत सङ्कलन भएको थियो । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै निगम सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम निरन्तरतामा जोड दिनुभयो ।