Redirecting...

उर्मिलाको स्वर, शंकरको संगीतमा ‘ख्रीष्टको प्रेममा’( भिडियो ) - www.merolifestyle.com

उर्मिलाको स्वर, शंकरको संगीतमा ‘ख्रीष्टको प्रेममा’( भिडियो ) - www.merolifestyle.com
Source: mlst

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्। निर्देशक तथा कोरियोग्राफर केशव राज भट्टको निर्देशनमा तयार गरिएको यस म्युजिक भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय रहेको छ। अजय रेग्मीले छायांकन गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। ख्रीष्टियन प्रेम–सन्देशलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतको म्युजिक भिडियो स्वयम् गायिका लाम्गादेको युट्युब च्यानल “उर्मिला लाम्गादे” मार्फत सार्वजनिक गरिएको हो। The post उर्मिलाको स्वर, शंकरको संगीतमा ‘ख्रीष्टको प्रेममा’( भिडियो ) appeared first on Mero LifeStyle.