विकटेश्वर , एसओएस र एनपिएस विजयी - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। १६औँ मिनेटमा विजेश थापाले गोल गरेपछि बिकटे श्वरले २-० को अग्रता बनायो। पुलिस चितवनका शितल अधिकारीले ४८औँ मिनेटमा फर्काए। यो खेलमा बिकटेश्वरका द्रविनम सुवरदी ‘प्लेयर अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा एसओएस पनौतीले पुलिस सामाखुसीलाई २- ० ले हरायो। खेलको ३६औँ मिनेटमा आशिम तामाङले र ६९औँ मिनेटमा पाल्देन तामाङले गोल गर्दै एसओएसको जित पक्का गरे। विजयी टोलीका पाल्देन तामाङ प्लेयर अफ दि म्याच घोषित भए। तेस्रो खेलमा आयोजक पुलिस (नीलो)ले रामभक्त स्कुल, बनेपालाई ३–० ले पराजित गर्यो। ३९औँ मिनेटमा अनुज थापा, ४९औँ मिनेटमा युवराज बुढाथोकी, र ७०औँ मिनेटमा युनिकेश चौधरीले गोल गर्दै पुलिस नीलोलाई सहज जित दिलाए। पुलिस नीलोका युवराज बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगितामा भोलि नेपाल पुलिस स्कूल धरान र एसओएस पनौतीबीच प्रतिस्पर्धा हुनेछ।The post विकटेश्वर , एसओएस र एनपिएस विजयी first appeared on हाम्रो खेलकुद.