अन्तरिम सरकारलाई आर्थिक पुनर्जीवनको चुनौती, ५० दिनसम्म अर्थमन्त्रीले देखाएनन् सुधारका संकेत - farakdhar.com
Source: FRDH
कोरोनापछि क्रमशः लयमा फर्किँदै आएको नेपालको अर्थतन्त्रमा जेनजी आन्दोलनले थप असर पारेको छ । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण जनधनमा ठूलो क्षति पुगेपछि आर्थिक गतिविधि थप सुस्त बन्दै गएको हो । मानवीय क्षतिबाहेक आगजनी र तोडफोडबाट २ खर्ब ४० अर्ब रुपैयाँसम्मको क्षतिसहित निजी तथा सरकारी सम्पत्तिमा ठुलो नोक्सानी भएको छ । यी घटनाका कारण मुलुकको अर्थतन्त्र सङ्कुचनतर्फ उन्मुख भएको छ । पछिल्लो समयमा लगानी, आय, उत्पादन, नवप्रवर्धन र रोजगारीमा समस्या सिर्जना हुन थालेको छ । साथै बैंकिङ क्षेत्र अहिले ‘अपेक्षा र वास्तवि...