Redirecting...

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि - swadeshpost.com

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि - swadeshpost.com
Source: swdp

२७ मंसिर, माडी । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए, रोहितले ह्याट्रिकसमेत पूरा गरे । ब्याटिङमा दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ खेले । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो । यो जितसँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।