Redirecting...

सिराहाको कल्याणपुर नगर प्रमुखविरुद्ध १ लाख घुस लिएको आरोपमा मुद्दा दायर - bankingsamachar.com

सिराहाको कल्याणपुर नगर प्रमुखविरुद्ध १ लाख घुस लिएको आरोपमा मुद्दा दायर - bankingsamachar.com
Source: bkns

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहकाेविरुद्धमा भ्रष्टाचार दर्ता गरेको छ । उनलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। साहले कल्याणपुर नगरपालिका– ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग बिचौलिया मार्फत घुस मागेकाे सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्की नाला निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख घुस माग गरी लिएको पुष्टि भएकाले गर्दा शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार १ लाख बिगो र बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।