Redirecting...

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको रिट आइतबार पनि हेर्न नमिल्नेमा - bankingsamachar.com

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको रिट आइतबार पनि हेर्न नमिल्नेमा - bankingsamachar.com
Source: bkns

काठमाडौं – नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो । ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन अनुभवको फर्जी कागजात बुझाएको आरोप लागेको छ। गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो। निलम्बनमा परेपछि ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार,अर्थ मन्त्रालयलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा साउन ८ गते रिट निवेदन दिएका थिए।