रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन् - www.hamrokhelkud.com
Source: hkhe
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को प्रशिक्षणमा रहेकी रेनु सेमिफाइनलमा इरानको खेलाडीसँग २-० र १-० ले पराजित भएको उनको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए। रेनु र प्रशिक्षक लामा भोलि स्वदेश फर्केने नेपाल तेक्वान्दो संघले जनाएको छ।The post रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन् first appeared on हाम्रो खेलकुद.