त्रिवेणी कप फुटबल : सडनडेथमा चुक्यो एनआरटी - ekantipur.com
Source: kant
लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा बिहीबार ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) सडनडेथमा पराजित हुँदै बाहिरिएको छ । घरेलु टिम लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।