गाजाको अल मवासी क्षेत्रमा इजरायली हवाई आक्रमण - ujyaaloonline.com
Source: unn
गाजापट्टीको खान युनिस पश्चिममा रहको अल–मवासी क्षेत्रका विस्थापितहरू रहेको ठाउँमा इजरायलीले हवाई आक्रमण गर्दा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये दुईजना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ । त्यहाँ रहेको कुवेत फिल्ड अस्पतालका कर्मचारीहरुले आक्रमणमा घाइते ३२ जनाको उपचार गरिएको बताएका छन् । हमासले यो कारबाहीलाई बर्बर, अन्धाधुन्ध र युद्धविरामको स्पष्ट उल्लङ्घन भनेको खबरमा उल्लेख छ । ७ अक्टोबर सन् २०२३ मा हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा झन्डै १२ सयको ज्यान जानुका साथै साढे दुई सय भन्दा धेरै बन्धक बनाए...