लघुकथा : मरणोपरान्त - sahityapost.com
नवागन्तुकहरूको स्वागतार्थ प्रस्थान गर्न लागेका यमराजले घोडा चढ्दै सोधे– “साइतका बेला किन आयौ कामरेड ?” “एउटा बिनती थ्यो हजुर !” कम्पित स्वरमा फूलप्रसाद उर्फ निलकण्ठ बोले । “कस्तो बिन्ती ? छिटो भन !” “बिदा चाहियो हजुर !” “असम्भव ! दुनियाँमा यो मात्रै त्यस्तो ठाउँ हो, जहाँ कसैले कहिल्यै बिदा पाउँदैन । तिमीलाई यमलोकको नियम थाहा छैन ?” यमराज कड्किए । “ थाहा छ । तर …” “ तर के ?” “ नछोड्ने भएपछि जानैपर्ने भयो हजुर !” फूलप्रसादले विवशता जताए । “ कहाँ जानुपर्ने ?” “ मर्त्यलोक !” “ मान्छे स्वर्गलोक जान चाहन्छन् । तिमीचाहिँ प्रतिगमनतर्फ ?” यमराजले आश्चर्य प्रकट गरे । “ परिबन्ध आइलाग्यो हजुर !” “ कस्तो परिबन्ध ?” यमराजले रुखो बोले । “ विमानस्थल घोटाला प्रकरणमा मेरा विरुद्ध पनि भ्रष्टाचार मुद्दामा दायर भएछ हजुर !” The post लघुकथा : मरणोपरान्त appeared first on साहित्यपोस्ट.