कविता : धड्कनको घर बनाउँ - sahityapost.com
देश आज नक्सामा छैनकसैको खेलको बोर्डमा छचेसबोर्डझैँ फैलिएको ।प्यादा पनि हामीराजा पनि हामीतर चाल चाल्ने हात हामी होइनौँ । नदेखिने डोरीले हामीकठपुतलीझैँ हल्लिन्छौँ ।नारा ठोकिन्छनारा आगो बन्छआगोमा भाइको नाम पनि जल्छ। कसैले ऐना देखाउँछ“हेर, यही तेरो शत्रु !”हामी ऐना फुटाउँछौँथाहा नपाई आफ्नै अनुहार चिरिन्छ । कहिले देश सुक्खा खेत बन्छबीउ हामी छर्छौँपसिना हामी बगाउँछौँबाली पाक्दा गोदाम अरूकै भरिन्छ । कहिले देश दुई किनाराको नदीएकै रगतका बस्ती ।पुल भत्किएपछि ढुङ्गामुढा उफ्रेर एकअर्कातिर हानिन्छन् ।नदी हाँस्छ, बाढीको लाभ उसैको हुन्छ । समय घडी बनेर टिक–टिक गर्छ ।माटोले सोध्छ“अब पनि बुझ्दैनौ ?”जब आगो बाहिरबाट सल्काइन्छजल्ने पराल हामी नै हुन्छौँ । अब बुझौँअसंलग्नता डरले थुन्ने ढोका होइनविवेकले खोल्ने झ्याल हो ।सहिष्णुता घाउमा नुन होइनभोलि निको पार्ने औषधि हो ।शान्ति हारेर चुप बस्नु होइननचाहिने युद्ध जित्नु हो । आउनुस्, डोरी काटौँ ।चाल बुझौँ ।भाइभाइ नलडौँघाउमा नुन होइनकाँधमा हात राखौँ ।पुल फेरि बनाऔँ ।खेतमा बीउ आफ्नै भोलिका लागि छरौँ ।देशलाई प्रयोगशालामा होइनधड्कनको घर बनाऔँ ।