एप्पलले ओप्पो र भिभोको जस्तै क्यामरा सुविधा आईफोन १८ प्रो र प्रो म्याक्समा ल्याउन सक्ने - www.technologykhabar.com
चीनमा आजकल टेलिकन्भर्टरहरू निकै लोकप्रिय बनिरहेका छन्। ओप्पो र भिभो दुवैले आफ्नो हाई–इण्डको इमेजिङ फ्ल्यागशिपको लागि टेलिकन्भर्टरहरू प्रदान गरिरहेका छन्। कुपर्टिनो कम्पनी एप्पलले अब यो वर्षको उत्तरार्धमा रिलीज हुने आगामी आईफोन १८ प्रो र प्रो म्याक्सको लागि यस्तो प्रकारको एक्सेसरी निमार्ण गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गरिरहेको वेइबोमार्फत नयाँ चर्चा बाहिरिएको छ। अहिलेसम्म कुनै आधिकारिक निर्णय नभए पनि एप्पलले यो प्रविधि बारे सोचिरहेको तथ्य पनि उल्लेखनीय भएको बताइएको छ। कम्पनी सामान्यतया यस्ता प्रवृत्तिहरूमा हाम फाल्नको लागि धेरै हतार नगर्ने र आफ्ना प्रतिस्पर्धीहरूले अग्रगामी प्रविधिहरू नअपनाए सम्म धेरै वर्ष पर्खिनको लागि कम्पनी प्रसिद्ध रहेको छ। एप्पलले प्रविधि पर्याप्त परिपक्व होस् भन्ने चाहन्छ र त्यसपछि एप्पल आफैंले सबै कुरा आविष्कार गरेको जस्तो व्यवहार गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। आईफोन १८ प्रो र प्रो म्याक्सको लागि फेरि एक पटक भेरिएबल एपर्चर मुख्य क्यामरा विकासमा रहेको भनिएको छ र यो माथि वर्णन गरेको कुराको एक उत्तम उदाहरण हो भने अन्य ब्रान्डहरूले धेरै वर्ष पहिले भेरिएबल एपर्चर क्यामराहरू बनाइ सकेका छन्। तसर्थ अब एप्पलले आफ्ना प्रशंसकहरूका लागि यो प्रविधि “आविष्कार” गर्ने उल्लेख गरिएको छ। आईफोन १८ प्रो र प्रो म्याक्सले सायद ट्रान्सप्यारेण्ट (पारदर्शी) ब्याक ट्विस्टको साथ (शाओमी र धेरै अन्यले पनि गरेपछि धेरै वर्ष पछि) आफ्ना पूर्ववर्तीहरूसँग धेरै मिल्दोजुल्दो डिजाइन अपनाउने हल्ला रहेको छ। The post एप्पलले ओप्पो र भिभोको जस्तै क्यामरा सुविधा आईफोन १८ प्रो र प्रो म्याक्समा ल्याउन सक्ने appeared first on Technology Khabar.