Redirecting...

मनाङका पशुपालक किसानलाई ३१ लाखभन्दा बढी राहत - ujyaaloonline.com

मनाङका पशुपालक किसानलाई ३१ लाखभन्दा बढी राहत - ujyaaloonline.com
Source: unn

मनाङ – वन्यजन्तुको आक्रमणबाट क्षति भएका मनाङका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत वर्ष २०८१/८२ मा हिउँ चितुवा, चितुवा र कालो भालुको आक्रमणबाट याकचौँरी, भेडाच्याङ्ग्रा, खसीबाख्रा, गाईगोरु, घोडालगायत पशु मरेपछि राहत प्रदान गरिएको हो । भ्राकाकी मनकुमारी विकलाई सबैभन्दा बढी तीन लाख ३५ हजार र सुरेश थकालीलाई दुई लाख ३० हजार राहत दिइएको छ । कालो भालुको आक्रमणबाट घाइते भएका ताचेका शम्भु घलेलाई ९७ हजार राहत दिइएको छ । एक्यापक...