ओडिआईमा रोहितको २ हजार रन पूरा, रचे इतिहास - farakdhar.com
Source: FRDH
नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले ओडिआईमा २ हजार रन पूरा गरेका छन् । उनले बुधबार यूएईविरुद्ध २ रन जोडेसँगै यो उपलब्धि हासिल गरेका हुन् । अब रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । रोहितले २ हजार रन पूरा गर्न ७१ खेल म्याच खेले, त्यसक्रममा उनले १२ अर्धशतक र दुई शतक प्रहार गरे । रोहितले जारी सिरिजको दोस्रो खेलमा यूएईविरुद्ध शतकीय पारी खेलेका थिए । उक्त इनिङसँगै उनी नेपालका लागि ओडिआईमा २ शतकीय इनिङ खेल्ने पहिलो ब्याटर बनेका थिए । श्रृंखला...