Redirecting...

राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी - www.onlinepana.com

राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच जलवायु वित्त फाइनान्ससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरेका हुन् । उक्त समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गर्ने भएको छ । उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गर्ने र उक्त रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयनका निम्ति सोसम्बन्धी ढाँचासमेत तयार गर्ने राष्ट्र बैंकले जनाएको छ । यसअन्तर्गत जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका निम्ति आईएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने छ । उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । कार्यक्रममा मिश्रले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणका निम्ति आईएफसी र राष्ट्र बैंक बीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गरे । साथै, नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । यसैगरी, आईएफसीका स्मिथले राष्ट्र बैंकसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा राखेका छन् । The post राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).