Redirecting...

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो - www.hamrokhelkud.com

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ औं मिनेटमा फिल फोडेनले हेड मार्फत गोल गर्दै टोलीको जित निश्चित गरेका थिए। यो जितसँगै सिटी (३१अंक)दोस्रो स्थानमा उक्लिएको छ । सन्डरल्यान्ड २३ अंकसहित तालिकाको सातौँ स्थानमा छ। एस्टन भिल्लासँग आर्सनल स्तब्ध एस्टन भिल्लाले शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल गरेका थिए। आर्सनलका लेन्ड्रो ट्रोसार्ले दोस्रो हाफ सुरु भएको सात मिनेटमै बराबरी गोल फर्काए। खेल बराबरीमै सकिने देखिए पनि अन्त्यतिर भिल्लाले काउण्टर अट्याकमा पाएको मौका सदुपयोग गर्‍यो। आर्सनलका गोलरक्षक डेविड रयाले यौरी टिलेमान्सको प्रहार रोकिदिए । फर्किएको बलमा बुएन्दियाले निर्णायक गोल गर्दै जित पक्का गरे।आर्सनल ३३ अंकसहित शीर्षमा छ। आर्सनलको भन्दा भिल्ला ३ अंकले मात्र पछि छ। अन्य खेलमा एभर्टनले नटिङघम फरेस्टलाई ३-० ले, टोटनहमले ब्रेन्टफोर्डलाई २-०, न्युक्यासलले बर्नलीलाई‌ २-१ ले हरायो। बोर्नमाउथ र चेल्सीले गोलरहित बराबरी खेलेका छन्। The post म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो first appeared on हाम्रो खेलकुद.