छ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य - farakdhar.com
Source: FRDH
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रूपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।