Redirecting...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु, अर्का गम्भीर - www.pardafas.com

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु, अर्का गम्भीर - www.pardafas.com
Source: pfds

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–८ पुलवारिमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो । बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । सोही दुर्घटनामा परी ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका प्रहरी नायब उपरीक्षक नेपालले बताए । बाप्र ०६–००१ क ०४४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा बोहोराको उपचारका क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ ।