रुसमा बंगलादेशी कामदारलाई जबरजस्ती लडाइँमा पठाइएको खुलासा - farakdhar.com
Source: FRDH
युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन जना बङ्गलादेशी पुरुष तथा अझै बेपत्ता रहेका अन्य तीन जनाका परिवारसँग गरेको अन्तर्वार्ताका आधारमा श्रम भर्तीकर्ताहरूले गरेको सङ्गठित छलकपटको विस्तृत तस्बिर प्रस्तुत गरेको हो । एपीका अनुसार मकसुदुर रहमान, मोहन मियाजी र जहाँगीर आलमले आफूहरूलाई खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुनेजस्ता नागरिक कामको वाचा गरेर रुस लगिएको तर त्यह...