रवि लामिछानेबारे समाचारमा एआई तस्बिर प्रयोग गरेपछि नयाँ पत्रिकाले माग्यो माफी - techpana.com
Source: tcpn
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा रहेको विषयमा तयार पारेको समाचारमा सन्दर्भ नखुलाई एआई सिर्जित तस्बिर प्रयोग गरेपछि नयाँ पत्रिका दैनिक आलोचित बनेको छ । शुक्रबार प्रकाशित समाचारमा प्रयोग गरिएको काल्पनिक तस्बिरले पाठकमा भ्रम सिर्जना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि पत्रिकाले गल्ती स्वीकार गरेको हो । “कारागारमा रविलाई राखिएको कोठा जस्तै देखिने समाचारमा प्रयोग भएको तस्बिर एआईको सहयोगमा तयार गरिएको हो । शुक्रबारको नयाँ पत्रिकामा प्रकाशित यो तस्बिरबारे असावधानीबस खुलाउन छुटेक...