Redirecting...

सिनेमा प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड - ehimalayatimes.com

सिनेमा प्रमाणीकरणमा बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डमा बहुमत सदस्य बाहिरबाट आएका विज्ञहरू हुनुहुन्छ। उहाँहरूले सिनेमा ठीक छ भन्नुभयो भने अध्यक्षले भिटो प्रयोग गर्नु उचित छैन।” मन्त्री खरेलले चलचित्र प्रमाणीकरणलाई अत्यधिक हाउगुजी तरिकाले नलिनु पर्ने र बोर्डको कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, बोर्डको कार्य शैलीलाई व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ आवश्यक रहेको पनि बताउनुभयो। समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी रहेको र यसलाई सकेसम्म छिटो टुङ्गोमा पुर्‍याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिनुभयो।