एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित - farakdhar.com
Source: FRDH
एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो । समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बंगलादेशसँग खेल्नेछ । यही मंसिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगि...