Redirecting...

डिशहोमका ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत द ट्राङक्विलिटी स्पामा विशेष सुविधा प्राप्त गर्ने - www.technologykhabar.com

डिशहोमका ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत द ट्राङक्विलिटी स्पामा विशेष सुविधा प्राप्त गर्ने - www.technologykhabar.com
Source: tckb

डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको बताएको छ। अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५% छुट, सबै सलोन सेवामा २०% छुट, ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA) मा हुने तालिम कार्यक्रममा ३०% छुट प्राप्त गर्न सक्नेछन् । लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ। यो सुविधा केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइडिशहोम एप (myDishHome App) मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ। The post डिशहोमका ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत द ट्राङक्विलिटी स्पामा विशेष सुविधा प्राप्त गर्ने appeared first on Technology Khabar.