राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै - kendrabindu.com
Source: kend
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्ने भएका छन्। बुधबार संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । आज बिहान ११ः३० बजे बस्ने गरि विधायन व्यवस्थापन समिति बैठक तय भएको छ। बैठक सिंहदरबारस्थित समिति बैठक कक्षमा बस्नेछ। समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१७औँ बैठक दिनको १ः०० बजे बस्दैछ । बैठक संघीय संसद सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हलमा बस्दैछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१÷०८२) सम्बन्धमा छलफल गरिनुका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।