एमालेमा अबको नेतृत्व र भविष्यप्रति युवा प्रतिनिधिहरू कति छन् आशावादी ? - farakdhar.com
Source: FRDH
नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् । महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ । प्रेस चौतारीका पूर्वअध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले नेपाली माटो र देशको हितविरुद्ध जाने व्यक्...