Redirecting...

समयअगावै हुन लागेको चुनाव : मुद्दा, मतदातासहितका महत्त्वपूर्ण ५ कुरा - www.bbc.com

समयअगावै हुन लागेको चुनाव : मुद्दा, मतदातासहितका महत्त्वपूर्ण ५ कुरा - www.bbc.com
Source: bbcn

Reuters यसै वर्षको सुरुवाती महिनामा पनि नेताहरूले आपसी कुराकानीमा '०८४ मा देखाइदिने' वा 'मिशन ८४' जस्ता कुरा खुबै दोहोर्‍याउँथे।तर नाटकीय घटनाक्रममाझ भदौमा हिंसात्मक बनेका दुई दिने घटनाक्रमले नेपालमा करिब दुई वर्ष अगावै चुनाव हुने परिस्थिति बनेपछि २०८२ सालमै चुनाव हुँदै छ।नवयुवा जेनजीहरूको अगुवाइमा भएको उक्त आन्दोलनले नेपाललाई सदाका लागि फेरिदिएको टिप्पणी हुने गरेको पाइन्छ।"यो विशेष अवस्थामा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो," चुनावी माहोल बुझ्न पूर्वी नेपालको पाथिभरा पुग्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसै साता भनिन्।बिथोलिएको त्यही समयक्रमले गर्दा फागुन २१ को चुनाव अघिल्ला दुई आमनिर्वाचनभन्दा फरक प्रदेशसभासहित नभएर प्रतिनिधिसभाका लागि मात्र हुँदै छ। टिकटकले जेन जी आन्दोलनको बेलासहितका तीन महिनामा नेपालबाट हटायो '२८ लाख भिडिओ'जेनजी आन्दोलनको जड भ्रष्टाचार र सुशासन, तर त्यसबारे उच्चस्तरीय आयोग किन बन्न सकेन? जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियारका कारणले उत्पन्न त्रासमाझ यस पटक सुरक्षाव्यवस्थामा समेत थप ध्यान दिइँदा राज्यकोषमा यस चुनावको आर्थिक भार समेत अतिरिक्त रहेको बताइएको छ।१) जेनजी मुद्दाका छाया NurPhoto via Getty Images एकजना पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ यस चुनावलाई "एकदमै अप्ठ्यारो स्थितिमा हुन लागेको" बताउँदै त्यसको मूख्य लक्ष्य भदौको "विद्रोहको अवसान" गर्नु हुने बताउँछन्।"मतदाताले नचाएको घटनाक्रमका रूपमा आएको चुनाव भएकाले उनीहरूले यसलाई राजनीतिक स्थायित्व र संवैधानिक व्यवस्था कायम राख्नका लागि गहिरोसँग हेरिरहेका छन्।"भदौका आन्दोलनको तत्कालीन कारणका रूपमा सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्ध देखिएका थिए। त्यसले अभिव्यक्ति स्वतन्त्रताको विषय अगाडि सारेको थियो।तर नवयुवाहरूले त्यसलाई सुशासन पक्षधर र भ्रस्टाचारविरोधी आक्रोशका रूपमा अर्थ्याउने गरेका पाइन्छन्। त्यसलाई उनीहरूले रोजगारी, नातावाद-कृपावादसँग जोडेर बढिरहेको असमानताका रूपमा उठाएको एकजना भ्रस्टाचारसम्बन्धी अनुसन्धान गर्ने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे बताउँछन्। 'जेन जी आन्दोलन आफैमा एक चुनावी मुद्दा': भदौका आन्दोलनले उठाएका विषय के चुनावी मुद्दा बन्न सकेका छन्?चुनावी तयारीमा सुरक्षा निकायका आआफ्नै प्राथमिकता राजनीतिमा पुस्तान्तरणका कुरा दलभित्रै र यसपटक उम्मेदवार चयनका क्रममा समेत निकै हावी भए। कतै प्रत्यक्ष निर्वाचित कार्यकारी, कतै प्रदेश खारेजीजस्ता बहस पनि चले पनि त्यसका लागि संविधान संशोधन गर्न चाहिनेगरी बलियो भएर संसद्मा पुग्नुपर्ने कुरा दल तथा उम्मेदवारहरूले उठाएका पाइन्छन्। २) नौ लाख मतदाता थपआमनिर्वाचनमा मत हाल्न योग्य मतदाता यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको निर्वाचन आयोगले जनाएको छ। जुन पछिल्लो आमनिर्वाचनको तुलनामा ९,१५,११९ मतदाता थप हो।यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरि कुल १,७९,८८,५७० मतदाता थिए। मतदाताको सङ्ख्या करिब १ करोड ९० लाख, तर भोट हाल्न कति जालान्?सांसद बन्ने प्रतिस्पर्धामा ३४% स्वतन्त्र उम्मेदवार, पार्टीबाट नभई व्यक्ति नै चुनाव उठ्नुका कारण अनेक जसमा पुरुषको सङ्ख्या धेरै अर्थात् साढे ९६ लाखभन्दा केही बढ्ता छ भने महिलाहरू करिब साढे ९२ लाखको सङ्ख्यामा छन्। जनगणना २०७८ अनुसार कुल सङख्याको ५१.१ प्रतिशत महिला भए तापनि मतदाता भने लाखौँ अन्तरले पुरूष धेरै देखिनुलाई चासोपुर्वक हेरिएको पाइन्छ।सबैभन्दा धेरै मतदाता बागमती प्रदेशमा ३६ लाख ८२ हजारभन्दा धेरै र कम कर्णाली प्रदेशमा १० लाख ३७ हजार छन्।३) उम्मेदवार कति? नेपालले अँगालेको निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष र समानुपातिक गरी दुईवटा प्रणाली अन्तर्गत उम्मेदवारहरू चुनावमा सहभागी हुन पाउँछन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३,४०६ जना उम्मेदवार छन्। जसमा पुरूष ३,०१७ जना पुरूष र जना महिला ३८८ र १ जना अन्य छन्। ४१ देखि ६० वर्षको उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै १,९२५ जना छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फको ६३ राजनीतिक दलबाट कुल ३,१३५ अन्तिम सूचीमा कायम भएका छन्।सो बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरूष उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ ४० देखि ४४ वर्षे उमेर समूहमा सबैभन्दा धेरै ५३५ जना छन्। "सकेसम्म युवक पीढीका उम्मेदवारहरू आउन् भन्ने प्रयास समेत गरेको देखिन्छ। पुरानो राजनीतिक दलहरूले त्यसको विवशता अनुभव गरेका छन्," पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भन्छन्।४) करिब ११ हजार मतदान स्थलदेशभर कुल १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। RSS नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार चुनावमा ४,४४२ वटा संवेदनशील मतदान स्थल र ३,६८० वटा अति संवेदनशील मतदान स्थल वर्गीकरण गरेर काम भइरहेका छन्। निर्वाचन आयोग र जिल्ला सुरक्षा समिति मिलेर त्यस्तो मूल्याङ्कन गरेर वर्गीकरण गरेका हुन्। हिमाली क्षेत्रका मतदाताहरूमा मताधिकारबाट वञ्चित हुने चिन्ता'कतै ज्याकेट, कतै ऊनीको जर्सी र बाटो खर्च': निर्वाचन प्रहरीले पाउने सेवासुविधा कस्ता प्रवक्ता काफ्ले भन्छन् : "त्यस क्रममा भौगोलिक विकटता, यातायातको सुविधा, सञ्चारको पहुँच एवं उक्त क्षेत्रका मतदाताको सङ्ख्या, हिंसात्मक गतिविधि एवं आपराधिक प्रभाव रहे नरहेको; राजनीतिक, धार्मिक, जातीय र साम्प्रदायिक तनाव एवं खुला सीमानालाई आधार मानिएको छ।"५) कति दल सहभागीनेपालको निर्वाचन आयोगमा माघ महिनासम्ममा १३७ राजनीतिक दल दर्ता छन्। EPA/Shutterstock तीमध्ये प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ दल र प्रत्यक्षतर्फ ६६ दल एवं स्वतन्त्र उम्मेदवारहरू सहभागी छन्। चुनावमा सवा १९ अर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान, उम्मेदवार र दाताले कति गर्लान्'रातो र चन्द्रसूर्य...': पार्टी कार्यकर्ताले राष्ट्रिय झण्डा प्रयोग गर्नु उचित कि अनुचित निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको दल नेपाली कांग्रेस मात्र छ भने आठवटा दलले एक-एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन्।"देशभर १,१४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा छन्," जीसीले भने। बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।