पोखरीमा डुबेर एकजनाको मृत्यु - ehimalayatimes.com
Source: hmlt
सुनसरी । यहाँको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ । आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो । सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिनुभयो ।