यु १९ एसिया कप – नेपाल र श्रीलंका खेल्दै - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज श्रीलंकासँग खेल्दै १२ औं एएफसी यु-१९ एसिया कपको सुरुवात गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। नेपाल, श्रीलंकासहित साविक विजेता बंगलादेश र अफगानिस्तान एउटा समूहमा छन्। अर्को समूहमा भारतले युएई र पाकिस्तानले मलेसियालाई हराउँदै विजयी सुरुवात गरिसकेका छन् । नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल , विपिन शर्मा र युवराज खत्री अहिले एसिया कपको टोलीमा छन्। यसले टोली थप बलियो बनेको विश्वास गरिएको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्दैछन्। नेपाली टोली – अशोक धामी (कप्तान ), निरज यादव (उपकप्तान ), दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री ।The post यु १९ एसिया कप – नेपाल र श्रीलंका खेल्दै first appeared on हाम्रो खेलकुद.