Redirecting...

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने - arthasarokar.com

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने - arthasarokar.com
Source: aths

काठमाडौँ । साना किसान विकास लघुवित्तले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यसअघि कम्पनीले १३.३० प्रतिशत बोनस सहित कुल १४ प्रतिशत लाभांश दिएको थियो । हाल कम्पनीको सेयर प्रतिकित्ता ८५८ रूपैयाँमा कारोबार भइरहेको छ ।