कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए। मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । ’महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ,’ उनले भने, ’यो क्रम मंगलबार पनि चल्नेछ। त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ । The post कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.