के छ कुलमानको एजेण्डा र उद्देश्य ? जवाफ छ- प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ - farakdhar.com
Source: FRDH
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन् । बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सही व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरू, हाम्रा व्यक्तिहरू छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेण्डामा असफल हुन सक्ने बताए । उनले भने, ‘सही व्यक्ति, सही समयमा, सही ठाउँमा हुनुपर्छ । त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्...