जेनजी आन्दोलनका सहिद : अधुरै रह्यो ओब्जनको अधिवक्ता बन्ने सपना - farakdhar.com
Source: FRDH
बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन भएका उनका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्छन् । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा अहिले छोराको अल्पायुमै निधनसँगै परिवारमा भविष्यको अँध्यारोले ढाकेको छ । सामान्य साक्षर ओब्जनका बुबा मणिपाल बुढाले भने, ‘आन्दोलनअघि छोराले फोन गरेर अब दुई वर्षपछि घर फर्किने कुरा सुनाएको थियो, कानुन पढेर अधिवक्ता बन्ने छोराको सपना थियो तर कह...