Redirecting...

प्रधानमन्त्रीअघि चिरिबाबुको चिन्ता: आमा भन्ने जेनजी नै चुनाव हुन दिँदैनौँ भन्छन् - nagariknews.nagariknetwork.com

प्रधानमन्त्रीअघि चिरिबाबुको चिन्ता: आमा भन्ने जेनजी नै चुनाव हुन दिँदैनौँ भन्छन् - nagariknews.nagariknetwork.com
Source: ngrk

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री सुशीला कार्कीअघि चुनाव नहुने चिन्ता व्यक्त गरेका छन्। ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा जेनजीले नै अहिले चुनाव हुन नदिने बताइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ‘अहिलेको सरकारको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो,’ मेयर महर्जनले भने, ‘तर मलाई अलिकति चिसो परिरहेको छ।’ कार्यक्रममा प्रधानमन्त्री कार्की प्रमुख अतिथि थिइन्।प्रधानमन्त्रीलाई सुनाउँदै महर्जनले अगाडि भने, ‘जेनजीले उहाँलाई आमा भन्छन्। तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेका छन्। चुनाव हुन दिँदैनौँ भनिरहेका छन्,’ उनले भने। जेनजीले यसो भन्न नपाइने पनि उनले सचेत गराए। सोही कार्यक्रममा प्रधानमन्त्री कार्कीले भने सरकार निर्धारित समयमै निर्वाचन गराउन तत्पर रहेको बताएकी थिइन्।