Redirecting...

टाटा सिएराले बनायो नयाँ विश्व रेकर्डः १२ घण्टामा २९.९ केएमपिएल माइलेज ! - kendrabindu.com

टाटा सिएराले बनायो नयाँ विश्व रेकर्डः १२ घण्टामा २९.९ केएमपिएल माइलेज ! - kendrabindu.com
Source: kend

काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ सिएरा एसयूभीले सबैभन्दा धेरै माइलेजको ऐतिहासिक सफलता हासिल गरेको घोषणा गरेको छ । नट्राक्स परीक्षण ट्र्याकमा गरिएको परीक्षणमा टाटाको १.५ लिटर हाइपरियन टर्बो पेट्रोल इन्जिनसहितको सिएराले १२ घण्टामा २९.९ किलोमिटर प्रतिलिटरको उल्लेखनीय माइलेज निकाल्दै सो सफलता हासिल गरेको हो । यसको परीक्षण पिक्सेल मोशन टोलीले नोभेम्बर ३०, २०२५ मा गरेको थियो । टोलीले बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म चालक परिवर्तन गर्दै गाडी चलाएका थिए । परीक्षण प्रक्रिया त्यही दिन आधिकारिक रूपमा प्रमाणिकरण गरिएको थियो । नयाँ सिएरा नयाँ हाइपरियन टर्बो पेट्रोल इन्जिनद्वारा सञ्चालित थियो । कम्पनीले सो इन्जिन बढी माइलेजको लागि डिजाइन गरिएको बताएको छ । जसको कारणले गर्दा १२ घण्टासम्मको निरन्तर ड्राइभमा सिएराले उत्कृष्ट प्रदर्शन गर्न सक्यो । माइलेज मात्र होइन सिएराले सोही ट्र्याकमा गरिएका अन्य परीक्षणमा २२२ किलोमिटर प्रतिघण्टाको उच्चतम गति पनि हासिल गरेको थियो । यद्यपि ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै टाटाले उत्पादन मोडलको गतिलाई इलेक्ट्रोनिक रूपमा १९० किलोमिटर प्रतिघण्टासम्म सीमित गर्ने जनाएको छ । नयाँ सिएरा एसयूभीमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनका विकल्पमा पनि उपलब्ध छ । यसमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड ड्युअल क्लच अटोमेटिकजस्ता ट्रान्समिसन विकल्प उपलब्ध छ । सो एसयूभीले भारत एनक्याप क्र्यास परीक्षणमा ५ स्टार सेफ्टी मूल्याङ्कन हासिल गरेको छ ।