Redirecting...

बेन र भीमकाे अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको चुनौती - kendrabindu.com

बेन र भीमकाे अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको चुनौती - kendrabindu.com
Source: kend

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएकाे पहिलाे खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदै ८ विकेटको क्षतिमा १६५ रन बनाएकाे हाे । काठमाडौंको इनिङ्सलाई बलियो योगफलसम्म पुर्‍याउन विदेशी खेलाडी बेन चार्ल्सवर्थ र आक्रामक ब्याट्सम्यान भिम सार्कीले शानदार अर्धशतक प्रहार गरे। ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रन बनाए। यस्तै, भिम शर्कीले विस्फोटक पारी खेल्दै मात्र २३ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाए। टोलीको सुरुवात भने राम्रो हुन सकेन र २ रनमा नै पहिलो विकेट गुमाएको थियो। मध्यक्रममा बेन चार्ल्सवर्थले एक छेउ सम्हाले भने अन्तिमतिर भिम शर्कीको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई सम्मानजनक स्कोरमा पुर्‍याएकाे हाे । पोखरा एभेन्जर्सका बलरहरूमध्ये धनञ्जय लक्षनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर ४ विकेट लिए । यता कुशल भुर्तेलले २ विकेट लिँदा बिपिन खत्री र किरण ठगुनाको नाममा १/१ विकेट रह्यो ।