Redirecting...

कविताः म थर नभएको आत्मा - sahityapost.com

कविताः म थर नभएको आत्मा - sahityapost.com
Source: shpt

म जन्मिँदा –छाला एउटै थियोरगत एउटैहाँसो एउटैतर धर्म आयो – उसले मलाईजातमा काट्यो, थरमा टाँस्यो उसले भन्यो –“तिमी यो होइनौतिमी त्यो –जसले छोएपछिपानी पनि अछुतो हुन्छ”“पवित्रता किन आगोमा नापिन्छ?”चुलो छोएर कोही किन “दोषी” हुन्छ? म जन्मिनुममाथि थिएन –म जन्मनासाथमलाई थरले बाँध्योम पनि मान्छे थिएँ –पसिना बगाउने, गीत गाउनेआँसु झार्ने अनि आँखा देख्ने तर तिमीहरूलेमेरा सबै इन्द्रियहरूलाईअपराध बनायौधर्मले आदेश दियो – “तिमी तल्लो,”कसरी मानौँ आत्माको पनि थर हुन्छ? मलाई थाहा छ –तिमीहरूले मुर्दादेवता बनाएका छौतिमीहरूका कुनैभजनको श्लोकले – मलाई चिनेनकुनै धर्मग्रन्थले – मेरो हात समातेन मैले भगवान् चिनेँ –तिमीहरूका भगवान्ले पहिले जात खोजे,को जाने वैकुण्ठ- को सधैं नरक म थरबाट जन्मिएँ –तर थर कहिल्यैमेरो थिएनत्यो बुवाको थर थियोबुबाको पनिहरेक बुबाहरूकोइतिहासमा मातृकुल हराइरहेको प्रमाण किनभने –म होइन, मेरो थर पो थियोयस देशको नागरिता कसरी मानौं –कि म पापी हुँ?म यो थर लिएर बाँचेंयो थर लिएर गरे संघर्षत्यो थर किन –जन्मदैँ दोष मानियो? कसरी विश्वास गरौं?स्नान गर्दा शुद्धि गर्ने पानीमैले छुँदा तिमीलाई अपवित्र लाग्छ? धारमा एउटै घाम पर्छशरीर एउटै रगतले भरिन्छतर जातको पर्खाल उचालेरहाम्रो हाँसोमा सिउरिइन्छ शब्दमा जस्तो लाजधर्ममा उस्तै मौनता –त्यही मौनता जसलेहामीलाई जातको- अन्धकारमा गाड्यो,जहाँ धर्म एक भ्रम, र अधर्म नै परम्परा स्कूल भर्ना फर्ममा –सबैभन्दा पहिलो प्रश्न“तपाईंको जात?” स्कूलको पर्खालमा लेखिएको थियो:“शिक्षा सबका लागि!”तर शिक्षकले नाम लिँदा,उसको नामसँगै जात टाँसिन्थ्यो –“कामी, दमाई, सार्की…” अचेलस्कूलमा गुरूले सोधे भने –“बाआमाको थर के हो?”म टक्क अडिन्छु,मैले देवकोटा पढेको छु,म परिजात सम्झन्छु म भनिदिन्छु-“मेरो थर कविता हो!”“म थर नभएको आत्मा हुँ,”“म आत्मा मात्र होइन,म समाजको सम्पूर्ण रचना हुँ” मैले लेखिदिन्छु-मेरो थर कवितायो थर- मेरो विरासत होइनयो थर- मेरो विरोध हो तर यहाँ –साहित्यमा पनि थर छ, शब्दमा पनि चुलो छजसले मलाई सँधै छायाँमा लेखिरहन्छ अब बोल्ने पालो मेरो होम लेख्छु –पर्खालमाथि होइनपर्खालभित्रका चिसाआत्माहरूका लागि मेरो कवितामा जात छैनवर्ग छैन, पुर्खा छैन, भक्तिभाव छैनतर कवितामा आफ्नै अनुहार भेटिन्छ तर आज म लेख्छु –मेरो रगत कुनै देवताको देन होइनम तिनै देवतालाई झक्झकाउने कविता हुँम बगाउँदिन शब्दहरूसस्तो क्रोधमाम चलाउँदिन जिब्रोबिना विवेकको नारा जस्तै अब भाषामा मात्र बोल्दिनसासमा बोल्छु – रगतमा बोल्छुतिमीहरूले हेपेका ती सबै आँखाकोत्यो नीलो भैसकेको मौनता बोल्छुजहाँ जात छैनकेवल आँखा छन् – साधारण आँखा शिव, बुद्ध, र कालो पृथ्वी –तिमीहरूको मौनतालेमलाई शब्द दियो आज जब म कथा सुनाउँछु –शिवको, रामको, बुद्धको –म उनीहरूलाई पुछेरनयाँ अनुहार दिन्छुजहाँ ती देवताहरू –मेरो आवाज सुनेरअलिकति थर्किन्छन्,अलिकति लजाउँछन् हे आकाश,तँ न कुनै थरको होस्न कुनै वर्णकोतँजस्तो शून्यम पनि तँ बन्न चाहन्छु –अथवा त्यो अन्तिम धूवाँजस्तोजातरहित म चाहन्छु –मेरो थर तिमीहरूको मौनता चिरेरतिमीहरूकै मनको भित्तामा कुँदियोस्एक आगोको अक्षरजस्तो । The post कविताः म थर नभएको आत्मा appeared first on साहित्यपोस्ट.