एमालेभित्र स्थायी गुटको अस्तित्व छैन : पद्मा अर्याल - farakdhar.com
Source: FRDH
एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेन्डाहरू समय सापेक्षित हुनुपर्नेमा जोड दिइरहेकी छिन् । उनले महाधिवेशन केवल आन्तरिक संरचना नवीकरणको प्रक्रिया मात्र नभएर, नेपाली राजनीतिको अस्थिरताबीच ‘दिशानिर्देशन’ गर्ने अवसर पनि भएको औंल्याइन् । विधान महाधिवेशनबाट पारित नीतिहरू अनुमोदन गर्नु र पार्टीको भावी नेतृत्वको चयन गर्नु नै राष्ट्रिय महाधिवेशनको केन्द्रबिन्दु भएकाले अब दीर्घकालिन राजनीतिक कोर्ष तयार हुने उनको भनाइ छ ।...