Redirecting...

प्रधानमन्त्रीका आकांक्षीहरुलाई गगनसँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती - www.pardafas.com

प्रधानमन्त्रीका आकांक्षीहरुलाई गगनसँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती - www.pardafas.com
Source: pfds

नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् । मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । नेपाली काँग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ । उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे । प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागी हुन सबैमा अपिल समेत गरे । सबै नागरिकले मुलुक निर्माणको जिम्मेवारी बोध गर्दै कार्यक्रममा उपस्थित भई शीर्ष नेताहरूको सम्बोधन सुन्न सबैमा आग्रह गरे । उनले भने ‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने काँग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस् । नेपाली काँग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ । खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आह्वान पनि गर्न चाहन्छौँ । भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ । सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस् ।’ पार्टीले ‘भिजन १०’को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ ।