सब-इन्जिनियरमाथि हातपात, कारवाहीको माग गर्दै कर्मचारीहरूले दिए काम ठप्प पार्ने चेतावनी - www.prasashan.com
Source: pras
काठमाडौँ । जन्तेढुंगा गाउँपालिकामा कार्यरत सब-इन्जिनियरमाथि हातपात भएको छ । हातपात गर्नेमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजना अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकामा कार्यरत सब-इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको र उनीहरूलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै कर्मचारीहरूले विज्ञप्तिमा जारी गरेका छन् […]