श्रीलंकाली सेनाको नियन्त्रणमा २५ भारतीय माझी - nepalnews.com
Source: NPNW
कोलम्बो। श्रीलंकाली सेनाले सोमबार २५ जना भारतीय माझीलाई पक्राउ गरेको छ। श्रीलंकाको जाफ्नास्थित कान्केसन्थुराईमा इलाकामा भारतीय माझीहरूलाई अवैध रुपमा माछा मारेको आरोपमा पक्राउ गरिएको नौसेनाले जनाएको छ। श्रीलंकाको सेनाका अनुसार माछा मार्नेहरू आइतबार राति श्रीलंकाको क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरुको साथबाट दुईवटा यान्त्रिक डुंगा पनि जफत गरिएको थियो। पक्राउ परेका माझिहरुलाई थप अनुसन्धानका लागि मत्स्यपालन तथा जलीय स्रोत विभागलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ। सेनाले विदेशी जहाजहरूद्वारा अवैधरुपमा माछा मार्ने कार्य रोक्न नियमित गस्ती र अपरेसनहरू जारी राखेको बताएको छ।