Redirecting...

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना - nagariknews.nagariknetwork.com

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना - nagariknews.nagariknetwork.com
Source: ngrk

बलिउड अभिनेत्री कंगना रनोट चलचित्र क्षेत्रमा फर्किएकी छन् । भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो, तर उनी एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छन् । निर्वाचनमा विजयी भएपछि चलचित्रमा नफर्कने घोषणा गरेकी कंगनाले आफ्नो वाचा तोड्दै चलचित्रमा फर्कने घोषणा गरेकी थिइन् । सोमबार उनले अगामी चलचित्र ‘भारत भाग्य विधाता’ को छायांकन सुरु गरेकी छन्।अभिनेत्रीले छायांकन क्षेत्रबाटै एक भिडियो सार्वजनिक गर्दै, लेखेकी छन्, ‘मणिकर्णिका फिल्म्सको सेटमा आएर राम्रो लागिरहेको छ ।’उक्त चलचित्रको घोषणा २०२४ मै भएको थियो। उक्त चलचित्रको मुख्य भूमिकामा कंगना रहेकी छन् । कंगनाको अन्तिम चलचित्र ‘इमरजेंसी’ हो। जुन २०२५ जनवरीमा प्रदर्शनमा आयो। तर चलचित्र नराम्रोसँग फ्लप रह्यो।